विप्लव र सिके राउतसँग किन भएन वार्ता ?

sikebiplab

 काठमाडौं । सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्ने योजना बनाएर खासगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने लक्ष्य लिएको थियो । वार्ता टोलीले विप्लवलाई भेट्न धेरै कोसिस पनि गर्‍यो ।

 तर, विप्लवले भेट्न चाहेनन । छुट्टै स्वतन्त्र मधेस राज्य माग गर्दै भूमिगत आन्दोलनमा रहेका सिके राउतसँग भने सरकारले वार्ताको योजना नै बनाएन  । देश टुक्र्याउन खोज्ने पृथक्तावादीसँग वार्ता गर्ने कुरैनहुने सरकारले वताउंदै आएको छ  ।
संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिमातहतको वार्ता उपसमितिले ०७१ मा ९६ समूह पहिचान गरेको थियो । कांग्रेस सभासद् आनन्दप्रसाद ढुंगाना नेतृत्वको टोलीले देशका विभिन्न भागमा पुगेर केही समूहसँग वार्ता पनि गरेको थियो ।

 तर, त्यतिवेला कतिपय समूहसँग भएका सहमति कार्यान्वयन नहुँदा, उनीहरूका नेता–कार्यकर्तामा मुद्दा जारी रहँदा र थुनामै हुँदा पनि शान्ति–प्रक्रियामा आउन नसकेको पाण्डे नेतृत्वको वार्ता टोलीको निष्कर्ष छ । त्यतिवेला विभिन्न प्रकृतिका मुद्दा खेपेका १ हजार १ सय ८६ जना जेलमा थिए । अहिले जेलमा ६ सय ७ जना छन् ।

Comments

Top