सबै धर्म एकै हुन भन्दै जापनीज गुरुद्धारा पशुपतिमा हिन्दू धर्मानुसार पूजा अर्चना

japnese

   काठमाडौं । २०७३ सालमा जारी भएको संविधानमा धर्मनिरपेक्ष राज्य उल्लेख भएसँगै नेपालमा पनि धार्मको नाममा गैरकानुनी काम गर्नेहरुको हालीमुहाली जम्दै आएको छ । अधिकांश हिन्दूहरुको बाहुल्य रहेको नेपालमा साना–साना बाबु नानीहरुलाई पनि बाइबल बोकाएर धर्म परिवर्त गर्न प्रेरित गर्ने तत्वहरु सक्रिय हुन थालेका छन् । यसका विषयमा धेरै नै टिका टिप्पणी पनि शुरु भइसकेका छन् । तर, सरकार अहिलेसम्म मौन नै बसेको छ ।

हुनत केही समय अघि काठमाडौंमा एक आइएनजिओद्धारा आयोजित कार्यक्रममा सरकारले नै क्रिश्चियन धर्मको प्रचार प्रसार गर्न सहयोग पु¥याएको भन्दै विवादित बनेको थियो । त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नगद उपहार ग्रहण गरेको विषयमा त झन नेकपाको बैठक भित्र नै विवाद उत्पन्न हुँदा नेता माधवकुमार नेपालले स्पष्टिकरण नै दिनु परेको थियो ।

तर, जापनीज एक धर्म गुरु भने नेपाल आई सबै धर्म एकै हुन्, धर्मको नाममा विवाद नगरौं भन्ने सन्देश दिइरहेका छन् । जापनीज गुरु मञ्जु सत्य हारडा आयतासी नेपाल आएर सबै धर्म एकै हुन् भन्दै प्रचार गरिरहेका छन् । विगत १२ वर्षदेखि उनी नेपाल र भारतका विभिन्न स्थानमा पुगेर सबै धर्म एकै हुन् भन्दै बौद्धिक पूजा अर्चना समेत गर्दै आएका छन् ।

japnese 2

  सुख, शान्तिको कामना गर्दै उनले केहि दिन अघि विश्व सम्पदा सूचीमा सूचीकृत विश्व प्रख्यात तथा पवित्र धार्मिक स्थल पशुपतिनाथमा हिन्दू परम्परा अनुसार पूजा अर्चना गरेका थिए । पूर्ज अर्जना गरेपछि हामीसँग कुरा गर्दै हिन्दू, बौद्ध, इसाई वा अन्य जुनसुकै धर्म भएपनि सबै धर्म एकै हुन भन्दै उनले जसको राम्रो पक्ष छ त्यसलाई सबैले पालना गर्नुपर्ने बताए । उनले जतिवटा धर्म भित्रिए पनि नेपाल आफ्नै धर्ममा अडिग रहनुपर्ने धारणा राखे । नेपालमा धेरै नै राम्रा भगवानहरु भएको भन्दै त्यसलाई मास्न र विग्रन दिन नहुने पनि बताए ।

नेपालमा धर्म परिवर्त गर्ने होडबाजी जस्तै चलेको भन्दै उनले त्यो गलत भएको पनि बताए । उनले जति पनि धर्महरु शुरु भएका छन् ति सबै हिन्दू धर्मबाट नै शुरु भएको विश्वास व्यक्त गरे ।

Comments

Top