स्कृप्ट मिले अनमोलसँग सहकार्य सहकार्य हुन्छ 'प्रदिप भट्टराई' 

 

 

Pradip Bhattarai(1)
  काठमाडौं । मह सञ्चारले निर्माण गर्ने हास्य टेलिसिरियलमा लामो समय सहायक निर्देशक भएर काम गरेका निर्देशक प्रदीप भट्टराई अहिलेका स्थापित फिल्म निर्देशक हुन् । उनले निर्देशन गरेको पहिलो फिल्म 'जात्रा' ले बक्सअफिसमा सानदार कमाई गरेको थियो । यो फिल्मले उनलाई कमेडी फिल्म निर्माणमा शक्तिशाली साबित गर्यो ।

डेब्यु फिल्म हिट भएपछि उनलाई थुप्रै प्रतिष्ठित ब्यानरबाट फिल्म निर्देशनको को ओइरो नलागेको होइन, साथै अहिले उनलाई निर्देशक लिएर फिल्म बनाउन चाहने निर्माताहरुको पनि ठूलै भीड छ । उनले निर्देशन गरेका फिल्मले दर्शक रिझाउन सक्छन् भन्ने आत्मविश्वास उनीहरुमा छ । निर्देशक भट्टराई आफ्नो निर्देशन रहने फिल्मको कथा आफैं तयार पार्ने गर्दछन् । अहिले उनी २ वर्ष अगाडिको हिट फिल्म 'जात्रा' को सिक्वेल 'जात्रै जात्रा' मा व्यस्त छन् ।

अभिनेता विपिन कार्कीको मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएपछि अहिले फिल्मको छायांकन एक महिनाका लागि रोकिएको छ । फागुन १७ मा फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरिएता पनि विपिनका कारण निर्माण टिमले रिलिज पोस्टपोन्ड गरेको छ ।
यसबीच केही हप्ता अगाडि निर्देशक प्रदीपले अनमोल केसीलाई लिएर फिल्म बनाउन लागेको खबर मिडियामा फैलीएको थियो । फागुन १७ मा 'क्याप्टेन' सँग 'जात्रै जात्रा' रिलिज जुधेपछि निर्माता भुवन केसीले निर्देशक भट्टराईलाई ‘‘जात्रै जात्रा’ सार अनमोलले तिम्रो फिल्म गर्छ’’ भनेर लोभको जाल फ्याकेको चर्चा सुनिन्छ ।
अन्ततः दुई फिल्मको भिडन्त टर्यो पनि । धेरैले दुई फिल्मको भिडन्त टर्नुको प्रमुख कारण प्रदीप र अनमोलबीच सहकार्य हुन लाग्नुलाई नै मानेका छ । विपिनका कारण 'जात्रै जात्रा' को रिलिज पोस्टपोन्ड हुनु देखावटी मात्र रहेको चर्चा छ । अनमोलसँग फिल्म गर्न निर्देशक भट्टराईको दबाबमा 'क्याप्टेन' सँग 'जात्रै जात्रा' नजुधाइएको बताइन्छ ।

तर, प्रदीप यो कुरामा कुनै सत्यता नभएको बताउँछन् । उनी भन्छन्, ‘हामी त अझै फागुन १७ मै फिल्म ल्याउन सकिन्छ कि भनेर सोचिरेहका छौं । मेरो कारणले फिल्मको रिलिज डेट कसरी पोस्टपोन्ड हुन्छ, उनले विपिनका कारण पूर्वघोषित मितिमा फिल्म आउन नसकेको बताए ।

भुवन केसीको जालमा फसेको भन्ने चर्चा छ । अनमोलसँग फिल्म गर्ने विषयमा कुरा भएता पनि दबाबमा ुजात्रा जात्राु सारेको होइन ।उन्ले बजारमा चल्ने र चलाइने हल्लाको पछाडि नलाग्न पनि आग्रह गरेका छन । उनले अनमोल र आफूलाई फिट हुने स्क्रिप्ट तयार भएको खण्डमा टिमअप हुनसक्ने पनि बताए ।

Comments

Top