भ्रष्टचार र प्रेमलाई एकैसाथ समेटेको '१०० कडा १०'को ट्रेलर सार्बजनिक

  

100kada10..

  काठमाडौं । रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘सय कडा दश’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रले भ्रष्टचार र प्रेमको कुरालाई जोडेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै यसका निर्देशक पाठकले यूवाहरुले यो चलचित्र हेर्नैपर्ने बताए ।

सबै नेपालीले भ्रष्टाचार विरुद्ध आ–आफ्नो तबरबाट कदम मात्र उठाएको खण्डमा देशमा भ्रष्टाचार नहुने उनको भनाई थियो । रज्जु प्रधानको कथामा तयार भएको चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो फिल्मबाट हायकलाकार मनोज गजुरेलले काँचको पर्दामा डेब्यु गरेका छन् । चलचित्रका कार्यकारी निर्माता राजाराम पौडेलले चलचित्रको कथावस्तु नेपालको माटो सुहाउँदो भएको बताए । चलचित्रले बाबुले भ्रष्टाचार गर्दा उसका परिवारको जीवनमा कस्तो असर पर्छ भन्ने उल्लेख गरेको छ भने,यो चलचित्र माघको १८ गतेबाट रिलिज हुँदैछ । हेर्नुहोस भिडियो: 

Comments

Top