बिग बोस १२’को उपाधि दीपिकालाई

 

 

deepika

 काठमाडौं । 'बिग बोस १२’को उपाधि दीपिका कक्कडले जितेकी छिन् । आइतबार बेलुकी कार्यक्रमका संचालक सलमान खानले दीपिकाको नाम घोषणा गर्दै गर्दा फ्यानले खुशी जनाएका थिए । अन्तिम प्रतिस्पर्धामा श्रीसंथ र दिपक उनको प्रतिस्पर्धामा थिए ।

सलमानले दीपिकाको नाम घोषणा गर्नसाथ उनका लाखौ फ्यानले ट्विटरमा वधाई दिएका थिए । 'ससुराल सिमरका’ नामक सिरियलमा काम गरेपछि चर्चित बनेकी दीपिकाको ३ महिनाको यो शोको यात्रा विशेष र कठोर थियो । उनलाई अन्य प्रतिस्पर्धीले फेक, असल व्यक्तित्व देखाउन नसकेको र किचनमा कब्जा गरेको आरोप लगाउँदै आएका थिए ।

दीपिकालाई घर भित्र खासै नरुचाइएतापनि घर बाहिर दर्शकले निरन्तर भोट गरी बिजेता बनाए ।

Comments

Top