निश्चल र स्वतिमालाई भ्याइनभ्याइ अब पालो 'घामट शेरे'को

 

 

  nischalकाठमाडौं । 'लुट २’ पछि निर्देशनमा नफर्कियका निर्देशक निश्चल बस्नेत अर्को वर्षसम्म फिल्म निर्देशन गर्ने सोचमा छैनन् । उनलाई भने अहिले फिल्ममा अभिनय गर्नै भ्याइनभ्याइ छ । फिल्ममा जति व्यस्तता बढ्दैछ पारिश्रमिक पनि उत्तिकै चर्को बन्दैछ उनको । हालै उनी अभिनीत फिल्म ‘प्रसाद’ प्रदर्शन भएको थियो ।

उता, स्वस्तिमा खड्का अभिनेत्रीमा अहिलेकी हटकेक' हुन् । निश्चलसँग विवाह गरेपछि उनको फिल्म करिअर लोभलाग्दो बनेको छ । एउटा फिल्मको छायांकन नसकिँदै अर्को फिल्ममा अनुबन्ध भइसकेकी हुन्छिन् ।

रियल जोडी निश्चल र स्वस्तिमालाई लिएर धेरै निर्मातारनिर्देशकले फिल्म बनाउन चाहे पनि सफल हुन सकेको छैन । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'दुई रुपैयाँ' को 'कुटुमा कुटु' गीतमा दुईले ठुक्का लगाएका थिए तर फिल्ममा उनीहरु जोडीको रुपमा थिएनन् । दुईलाई रियलझैं फिल्ममा पनि जोडीको रुपमा हेर्न दर्शकलाई निकै हतार भएको छ ।

अब दर्शकको इच्छा निर्देशक हेमराज विसीले पूरा गर्दैछन् । निश्चल र स्वस्तिमालाई प्रमुख भूमिकामा लिएर उनले फिल्म बनाउने भएका छन् ।
फिल्मको नाम ‘घामट शेरे’ जुराइएको यस फिल्ममा निश्चल अनुबन्ध भए पनि स्वस्तिमा भएकी छैनन् । 'हजार जुनीसम्म' को छायांकनका लागि उपत्यका बाहिर भएका कारण काठमाडौं फर्के लगत्तै उनले फिल्म साइन गर्ने फिल्मका एक सदस्यले जानकारी दिएका छन् । माघ पहिलो साताबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ उतm फिल्मको प्रदर्शन मिति भने अर्को वर्षको बैशाख अन्तिममा गर्ने पूर्वतयारी भइरहेको छ ।

 

Comments

Top