माइतीघरमा टोपी दिवसको रौनक, राष्ट्रिय पोशाकको संरक्षण गर्न माग

topi

   काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०१९ आजबाट शुरु भएको छ । इस्वी सम्वतको नयाँ वर्षको दिन नेपालमा भने टोपी दिवस मनाईंदै छ । राजधानीको माइतीघरमा भेला भएर गत वर्षझै यस वर्ष पनि दिवस मनाइएको हो । कार्यक्रममा सहभागी महिलाले समेत ढाकाटोपी लगाएका थिए ।

विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै २०७० सालदेखि केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि टोपी दिवस मनाउन सुरु गरिएको थियो । यही क्रममा मंगलबार बिहान काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपीसहित नेपाली राष्ट्रिय पोशाक लगाएर टोपी दिवस मनाएका हुन् ।

 topi 2

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् ।राष्ट्रिय पोसाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

Comments

Top