राणाले लिए प्रधानन्यायाधीशको सपथ

cholendra

 काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानन्यायाधीशका रूपमा पद तथा गोपनियताको सपथ लिएका छन् । संसदीय सुनुवाइबाट सर्वसम्मत सिफारिस भएका राणाले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । राणाले आजै सर्वोच्च प्रवेश गरेर पदभार ग्रहण गर्नेछन् । उनले बुधबारै पेसी तोक्नेछन् ।

 समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो । राणा न्यायाधीश भएको १८ वर्षपछि सर्वोच्चको न्यायाधीश बनेका हुन् ।

 ३० चैत ०५२ मा पुनरावेदन अदालत विराटनगरमा अस्थायी न्यायाधीश सिफारिस भएका उनले ०७१ मा सर्वोच्चमा प्रवेश पाएका थिए । 

Comments

Top