'गरुड पुराण’ को ‘म त पिरिममा’ गीत यूट्युवभन्दा टिकटकमा हिट (भिडियो सहित)

 

 

 garud puran song 4k_00_02_50_02_Still010 काठमाडौं । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी फिल्म ‘गरुड पुराण’ अहिले निकै चर्चामा छ । केही दिन अगाडि सार्वजनिक भएको कमेडी ट्रेलरले दर्शकमा फिल्मप्रति चासो जगाइरहेको छ भने ‘म त पिरिममा’ गीत श्रोताको मुखमा झुन्डिएको छ । ट्रेलर र गीतका कारण फिल्मप्रति दर्शको निकै चासो बढेको छ ।

यूट्यूवमा ट्रेलरलाई साढे ४ लाख बढीले हेरिसकेका छन् भने गीतमाथि १४ लाख बढीको नजर परिसकेको छ । फिल्मको गीत यूट्यूवमा भन्दा टिकटकमा बढी रुचाइएको छ । ‘म त पिरिममा’ गीत युवापुस्ताले टिकटकको मसला बनाइरहेका छन् । यो गीतको अहिलेसम्म ४५ हजारभन्दा बढी टिकटक बनिसकेको छ ।

उक्त गीतलाई अहिलेसम्म टिकटकमा ३५ लाख पटक हेरिसकिएको रेकर्ड निर्देशक सुवास कोइरालाले देखाएका छन् । कभर भिडियो प्रतियोगिता राखिएले पनि टिकटकमा गीतले चर्चा पाएको निर्देशकको भनाइ छ ।


निर्देशक कोइरालाले भने, ‘फिल्मलाई रमाइलो बनाउने प्रयास गरेका छौ, त्यही अनुरुप गीत तयार गरेका हौं ।’ गीतको भिडियोमा अभिनेता निश्चल बस्नेतसँगै फिल्मका लिड कलाकारहरु कर्मा शाक्य र नव-नायिका प्रियंका सिंहको नृत्य छ ।


गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन प्रस्तुत छिन् । गीतमा कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द छ भने कोशिश र मनिषा पोखरेलको स्वर छ । फिल्म ‘गरुड पुराण’ लाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन् । भने, आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास आफैंले लेखेको यो फिल्मको कथा कशम नेपालको हो ।

 

Comments

Top