'प्रेमनाथ'को ट्रेलर र पोस्टर सार्बजनिक (भिडियो सहित)

 

 

   

  Premnath-Kriti-Gautamकाठमाडौं । गणेश वेलबासे निर्देशित फिल्म ‘प्रेमनाथको’ 'एक्सन प्याक्ड' ट्रेलर सार्वजनिक भएको छ । २५ सय वर्ष अगाडिको पौराणिक प्रेमकथामा निर्माण भएको फिल्म ‘प्रेमनाथको' बुधबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर र पोस्टर को प्रदर्शन मिति घोषणा गरियो । 


चैत २२ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको फिल्मको पोस्टरमा लिड कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । ट्रेलर भने संवाद विहीन छ । निर्देशक वेलबासेले फिल्ममा आधुनिक र २५ सय वर्ष अगाडिको प्रेमकथा घोलिएको बताए ।

‘प्रेमनाथ’ बाट राज थापा र कृति गौतमले डेब्यु गरेका छन् । उनीहरु फिल्मलाई लिएर उत्साहित देखिएका छन् । दुवै फिल्मको कथावस्तु मन परेर काम गर्न राजी भएको बताउँछन् । 
सुमन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको संयूक्त छायांकन रहेको फिल्ममा राज र कृतिका अलावा सुरविर पण्डित, गतिज विष्ट, मोनालिसा विष्ट, शेखर जंग मल्ललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक स्वयं पनि लिड रोलमा छन् ।

 

Comments

Top