मेलम्ची आयोजना चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

PM Balkumari

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना तीब्रताका साथ अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री ओलीले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने र आयोजनाको काम कुनै पनि बहानामा नअल्मलिने बताए । ललितपुरको बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची आयोजना चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको दावी गरे । जुनसुकै अवस्थामा मेलम्ची आयोजना अगाडि बढ्न् बताउदै प्रधानमन्त्री ओलीले भने " आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिडेको तर यो वर्ष त्यसरी हिँड्न पाएको छैन । जापानी कार चिल्लो बाटोमा हिँडेजस्तो हिडेको छ" ।  मेलम्ची आयोजनामा पछिल्लो समयमा केही अन्योलजस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने उनले दावी गरे । 

Comments

Top