उत्कृष्ट अभिनेत्री अवार्ड नितालाई

 

 

 

   nitaaaकाठमाडौं । अमेरिकामा हालै सम्पन्न भएका ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा अभिनेत्री निता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । गतबर्ष रिलिज भएको चलचित्र पञ्चायतबाट उनले अवार्ड हात पारेकी हुन् । व्यावसायिक रूपमा सफल हुन नसकेको चलचित्रबाट निताले नेपाल तथा विदेशमा आयोजना हुने कार्यक्रमबाट अधिकांश अवार्ड हात पारेकी छिन् । केही दिन पहिले अमेरिकाको कोलोराडोमा सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘पञ्चायत’बाट ‘एक्टर अफ द इयर फिमेल’ अवार्ड दिएको हो । 

निताले यो वर्ष ‘डिसिने अवार्ड’, ‘एलजी सिने सर्कल अवार्ड’ र अहिले आएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’सँगै एक अन्तर्राष्ट्रिय अवार्ड गरी चार अवार्ड हात पारिसकेकी छन्

Comments

Top