रिसाएकी प्रेमिका फकाउँदै हरिहर

 

 

  harihar and kristin (2)काठमाडौं ।युवा उमेरमा नै ज्योतिष विधामा आफूलाई स्थापित गराइसकेका युवा ज्योतिषी हरिहर अधिकारी फिल्म ‘शुभ लभ’ बाट हिरोको रुपमा उदाउँदैछन् । उनले यस फिल्ममा पनि एक प्रख्यात युवा ज्यातिषकै भूमिका निभाएका छन् । अर्थात् उनको जीवनसँग फिल्म धेरथोर मिल्छ ।

अधिकारीकै कथामा आधारित यस फिल्मको हाल पोखरामा छायांकन भइरहेको छ । चैत १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको दुई गीत खिच्नमात्र बाँकी रहेको निर्देशक सन्तोषबाबु लोहनीले बताएका छन् । दुईमध्ये अहिले फिल्मको टाइटल गीत खिच्ने काम भइरहेको छ ।

 

  harihar and kristin (7)

‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतमा हरिहरलाई नव–अभिनेत्री क्रिस्टिन पौडेललाई फकाउँदै गरेको देखिनेछ । गीतबारे प्रस्ट्याउँदै निर्देशक लोहनीले भने, ‘सेमिनारका लागि पोखरा पुगेको हिरो (हरिहर) ले रिसाएकी प्रेमिका (क्रिस्टिन) फकाउँदै गरेको दृश्य गीतमा उनेका छौं ।’

गीत खिच्न अझै ३ दिन लाग्नेछ । छायांकन भइरहेको गीतमा निशान भट्टराईको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतमा हरिहर र क्रिस्टिनलाई कोरियोग्राफर रामजी लामिछानेले नचाइरहेका छन् । फिल्मको एक गीत भने दुबईमा खिचिने निर्देशक लोहनीले बताए ।

 

Comments

Top