९ दिन भित्र चार स्थानमा आगलागी, एक युवक पक्राउ

aaglagi

   काठमाडौं । डडेल्धुरा जिल्लाको अमरगढीस्थित बसपार्कमा गएराति आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरीका कार्यालय, डडेल्धुराका अनुसार अमरगढी– ५, बसपार्कमा राति करिव १२ बजेतिर आगलागी हुँदा १० वटा पसल पूर्ण रुपमा जलेका हुन् । आगलागीमा तरकारी, नास्ता र माछा पसल जलेका हुन् ।

आगो लागेको एक घण्टापछि अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

यस अघि पनि डडेलधुरामै ५ वटा पसलमा आगलागी हुँदा करिब ८७ लाख बराबरको क्षति भएको थियो। डडेल्धुरामा ९ दिनको अन्तरालमा चार स्थालनमा आगलागी भएको छ । यसअघिका ३ आगलागिका र आइतबार रातिको आगलागीको प्रकृति एउटै देखिएको प्रहरीले जनाएको छ । प्रहरीले आगो लागाइएको हुनसक्ने आशंकामा एक किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Comments

Top