मेस्सी र स्वारेजको गोलले वार्सिलोना विजयी

messi_1

    काठमाडौं । लिग लिडर बार्सिलोनाले सोमबार विहान भएको खेलमा पनि जित हात पारेको छ ।स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए ।

खेलको २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै दबाब बनाएको बार्सिलोनाले खेलको ३९औं मिनेटमा स्वारेजले बललाई जाली चुमाउँदै दोब्बर गोल गर्न सफल भए । तरm, ४३औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई २–१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सकेपनि थप गोल गर्न भने सकेन । जितसँगै लिग लिडर बार्सिलोनाको १८ खेलबाट ४० अंक भएको छ । पराजित गेटाफेको समान खेलबाट २५ अंक छ ।

Comments

Top