चलचित्र ‘हृदय भरी’को औपचारिक घोषणा, पल र श्रद्धाको रोमान्स

 

 

 

  paul-shah-and-shraddha-3काठमाडौं । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा नायक पल शाह र डेब्यु नायिका श्रद्धा छेत्रीको मुख्य भूमिका रहने चलचित्र ’हृदय भरी’को औपचारिक घोषणा गरिएको छ ।

चलचित्रमा पल शाह र श्रद्धाका अलावा निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, अनुपम श्रेष्ठ , आयुषमान घिमिरे ,सुमन श्री लगायतको अभिनय रहनेछ ।

 

123

कार्यक्रममा बोल्दै नायक पल शाहले कथावस्तु राम्रो लागेर आफू काम गर्न लागेको बताए । उनले चलचित्रको टिम राम्रो भएको भन्दै दर्शकले खोजेअनुसारको चलचित्र दिन तयार भएको सुनाए । नव–नायिका श्रद्धा क्षेत्रीले आफूलाई सानैदेखि चलचित्रमा अभिनय गर्ने रहर भएकाले यो क्षेत्रमा आउने तयारी गरेको बताइन् । मलाई चलचित्रको टिम, नायक पल शाह भएपछि यो चलचित्रमा काम गर्न मन लाग्यो उन्ले भनिन् ।

चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा. लि. र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् ।

 

Paul-shah-and-Shraddha-Chhetri

चलचित्रमा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रको छायाँकन फागुनको तेस्रो साताबाट सुरु हुने छ । त्रिकोणात्मक प्रेमकथामा यो चलचित्र निर्माण हुनेछ

 

Comments

Top