सफल क्रिकेटरको संघर्षको कथा समेट्दै क्रिकेटमा आधारित फिल्म निर्माण हुदैं

 

 

  parasकाठमाडौं । नेपाली युवापुस्तामा सर्वाधिक लोकप्रिय क्रिकेट खेलमा धारित भएर फिल्म निर्माण हुने भएको छ । अष्ट्रेलियाको सिड्नीमा आइतबार आयोजित एक कार्यक्रममा कप्तान खड्काले एक्सपर्टका निर्देशक संजिब शर्माले फिल्मको निर्माण गर्न लागेको बताए । उनी भन्छन्, ‘खेलकुद विधामा निकै कम फिल्म बनेका छन् । यो फिल्मले क्रिकेट विकासमा सहयोग पुर्‍याउनेमा विश्वस्त छौं ।’

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रिकेटको कथामा फिल्म निर्माण गर्न लागेको हो । एक्सपर्टका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फिल्मबारे जानकारी दिदैं भने, 'फिल्मले एक सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा भन्नेछ ।' फिल्ममा सुनोद श्रेष्ठ लिड रोलमा रहनेछ । अन्य कलाकार र निर्देशक भने चाँडै छनोट गरिने शर्माले बताएका छन् । मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो । यसअघि उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

Comments

Top