मोदीको बायोपिकको पहिलो पोस्टर रिलीज, मोदी लुकमा विवेक ओबेरॉय

 

 

 

  pm_modi_1546861291_618x347काठमाडौं । बलीउड मा बायोपिक फिल्म बनाउने होडबाजी चलिरहेको छ । यस्तै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा चलचित्र बन्ने भएको छ । चलचित्रको फस्टलुक विभिन्न २३ भाषामा रिलिज गरिएको छ । चलचित्रमा नायक विवेक ओवरायले मोदीको भूमिका निर्वाहा गर्नेछन् । चलचित्रको फस्टलुक हेर्दा दर्शकलाई विवेक ओवराय नै हुन् भनेर चिन्न मुश्किल पर्छ ।

सार्वजनिक पोष्टरमा लेखिएको छ–‘देशभक्ति नै मेरो शक्ति हो ।’ यो चलचित्रमा नरेन्द्र मोदीको चिया बेच्दाको संघर्षदेखि भारतको राजनीतिको शक्तिशाली पदमा आइपुग्दासम्मको कथा देखाइनेछ ।

यो चलचित्रलाई ओमंग कुमारले निर्देशन गरिरहेका छन् । भारतमा निर्वाचन नजिकिदै जाँदा मोदीको बायोपिकमा चलचित्र बन्न लाग्नुलाई प्रचारको नयाँ तरिका मानिएको छ ।

 

Comments

Top