प्रधानमन्त्री र जापानका विदेशमन्‍त्रीबीच भेटवार्ता, सूर्यविनायक-धुलिखेल सडकको विषयमा छलफल

49696298_2043592505717310_7015163096092114944_n_WVXf6HerP3  काठमाडौ‌।  प्रधानमन्त्री केपी शर्मा ओली र जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। नेपालको दुई दिवसीय भ्रमणमा रहेका कोनोले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन्। 

भेटका क्रममा जापनको आर्थिक तथा प्राविधिक सहयोग रहने भनेका आयोजनाको विषयमा छलफल भएको छ।जसअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माणका विषयमा गम्भिर छलफल भएको बताइएको छऽ त्यस्तै नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार विमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए।

मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गरेको सल्लाहकार डा भट्टराईले बताए।

प्रधानमन्त्री ओलीको अनुरोधलाई सकारात्मक रुपमा लिएको र जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनको विकास हुनुपर्नेमा जोड दिँदै मन्त्री कोनोले जापानले सहयोग गर्ने पनि बताए।

नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त भएको भट्टराईले बताए।

Comments

Top