'गली ब्वाइ' को ट्रेलर सार्बजनिक (भिडियो सहित)

 

 

 

   aalia_ranabirकाठमाडौं । रणवीर सिहं–आलिया भट्ट स्टारर 'गली ब्वाइ' को ट्रेलर बुधवार रिलीज भएको छ । ट्रेलर रिलीज हुनुभन्दा पहिला फिल्मको पोस्टर, टिजर र पहिलो ¥याप गित रिलीज गरिएको थियो । फिल्ममा आलिया–रणवीरको लुकस् फरक देखिनेछ ।

चलचित्र ‘सिम्बा’ले बक्स अफिसमा २ सय करोडको कमाई गरेसँगै बलिउडमा नायक रणवीर सिंहको राज चल्न थालेको देखिन्छ । रणवीरको यो चलचित्र रिलिज भएको साढे २ महिनापछि चलचित्र 'गली ब्वाइ' रिलिज हुँदैछ । उनी अभिनित चलचित्र ‘गली ब्वाइ’ फ्रेवुअरी १४ बाट रिलिज हुँदैछ ।

बुधबार सार्वजनिक भएको ट्रेलरमा एउटा गल्लीमा भौतारिने यूवाको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा रणवीर सिंह र नायिका आलिया भट्टको मुख्य भूमिका छ । जोया अख्तरले निर्देशन गरेको यो चलचित्रलाई एक्सल इन्टरटेन्मेन्ट र टाइगर बेबीको ब्यानरमा निर्माण गरिएको हो ।

 

Comments

Top