अनुपको 'बुलेट बाईक' हङकङमा

 

 

 

   buletकाठमाडौं । चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'बुलेट बाईक'को वर्ल्ड प्रिमियर हङकङमा निश्चित भएको छ ।

आगामी फेब्रूअरी २३ तारिखको साँझ ६ बजे हङकङको याउमातेई स्थित कम्युनिटी हलमा फिल्मको पहिलो प्रदर्शनी हुने निर्देशक भिषण राईले बताए।

हेल्प फर ह्युमिनिटी (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने फिल्मको पहिलो प्रदर्शनीमा डोनेसन गर्न चाहनेहरुबाट सङ्कलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ ।

अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले पुरानो बुलेट प्रिमियरको जिम्मा लिएका छन् । पुर्वेली टिपिकल कथामा निर्माण भएको फिल्ममा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु लिड अभिनयमा छन् ।

कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडीलगायतका कलाकारहरुको पनि अभिनय फिल्ममा छ । सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् ।

Comments

Top