निर्मलाकी आमामाथि बाबुद्धारा कुटपिट, ज्यान मार्नेसम्मको धम्की

durga

    काठमाडौं । गत साउन १० गते बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तकी आमा दुर्गालाई ज्यान मार्ने धम्की आएको छ । दुर्गादेवीलाई आफ्नै पति यज्ञराजले ज्यान मार्ने धम्की दिएको दुर्गादेवीले बताएकी छन् । उनले भनिन्–‘डिएनए म्याचका लागि रगत दिएर त आफू मात्रै राहत बुझ्ने भन्दै मलाई कुटपिट समेत गरे । मैले बाध्य भएर राहत लिन लागेकी हुँ । तर, रगत दिएको भोलिपल्टै उहाँ(यज्ञराज) आएर कुटपिट गरे ।’

बुधबार निर्मलाकी आमा दुर्गाले प्रहरीमा निवेदन दिएर निर्मलाकै यौनीबाट भेजाइनल स्वाब निकालिएको हो, वा होईन भनि एकिन गर्नका लागि रगतको नमुना दिएकी थिईन । बिहीबार बिहानै निर्मला र दुर्गाकी छोरी बस्ने भीमदत्त नगरपालिका–२ उल्टाखाम घरमै पुगेर यज्ञराजले बढी हुन्छेस् भन्दै निर्मलाकी आमा दुर्गालाई कुटपिट गरेका हुन् ।

निर्मलाको परिवारलाई तीनै तहका सरकारले १८ लाख रुपैयाँ राहत दिने निर्णय गरेसँगै राहतको रकम बाँडफाँटको विषयमा अहिले निर्मलाको घरपरिवारमा विवाद चुलिएको छ । राहतको रकम आफुलाई पनि दिनुपर्छ भन्दै बाबु यज्ञराज र सौतेली आमाले माग गरेकाले विवाद चुलिरहेको हो ।

Comments

Top