चोरीमा संलग जनप्रतिनिधी परे प्रहरीको फन्दामा

 

50078610_2209802325935215_51338379744247808_n_QjJSfIqIa6    काठमाडौं। सुन्दा अस्वभाविक लाग्छ जनप्रतिनिधी पनि चोरीको आरोपमा पक्राउ । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको छ ।

वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाटै प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीसहित  शे–फोक्सुण्डो गाउँपालिका ४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्धमूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका ४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका १ का ४१ वषीय झ्याम्पा छुल्डिम लामा वडा ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे फोक्सुण्डो गाउँपालिका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । 

Comments

Top