खडेरी लागेको फिल्मको व्यापार चलायमान, ‘चौका दाउ’ र ‘भिलेन'को भिडन्त

 

 

 

  chauka dau काठमाडौं । यस हप्ता एक कमेडी र एक एक्सन नेपाली फिल्मको भिडन्त सुरु भएको छ । खडेरी लागेको फिल्मको व्यापार चलायमान बनाउन यस हप्ताका लागि पुणेन्द्र झा निर्देशित फिल्म ‘चौका दाउ’ र देवेन्द्र पाण्डेको ‘भिलेन’ ले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । विल्कुलै फरक जनरामा निर्माण भएका कारण दुई फिल्मलाई भिडन्तको असर नपर्ने फिल्मी पण्डितहरुको विश्लेषण छ ।

एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेको ‘भिलेन’ मा शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय छ । कपिल स्वयंले फिल्म निर्माण गरेका हुन् । फिल्ममा तराई र पहाडको प्रेमको द्वन्द्वत्मक कथालाई देखाइएको छ ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि पर्दामा नदेखिएका निखिलका फ्यानका लागि यो फिल्म लामो समयदेखि प्रतिक्षामा थियो । उनको एक्सनको भोका फ्यानलाई ‘भिलेन’ ले केही हदसम्म भए पनि सन्तुष्टि दिने विश्वास निर्माण टिमको छ । यो फिल्मले 'सिंगल स्कृन' राम्रो हात पारेको छ ।

यसअघि ‘संरक्षण’ निर्देशन गरेर वाहवाही बटुलेका पुणेन्द्रुले ‘चौका दाउ’ मा चार अधबैंसे पुरुषको युवती प्रेम प्रस्तुत गरेका छन् । फिल्ममा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयव शाह छन् भने उर्वशीको भूमिकामा अभिनेत्री वर्षा राउत छिन् । ‘चौका दाउ’ को कथा बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको हो ।

Comments

Top