'हजार जुनी सम्म’मा संचिता, विकासराज सँगको असमझदारी हट्यो ?

 

 

 

   Niruta-Singh-14काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’मा व्यस्त नायिका निरुता सिंह ले अन्य चलचित्रलाई समय दिन सकेकी छैनन् । नायिकाले यो चलचित्रमा काम गरेपछि निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको ‘हजार जुनी सम्म’मा अब निरुताले काम गर्न नसक्ने भएकी छन् ।

निरुताले काम गर्न नसकेपछि अर्की नायिका संचिता लुइटेलले काम गर्ने पक्का भएको छ । संचिता चलचित्रको छायांकनको लागि सिक्किम जाने तयारीमा छन् । सिक्किममा रहेका कलाकार उत्तम प्रधानसँग नायिका निरुता सिंहको जोडी बनाउने तयारी विकासको थियो । तर, अब यो संभव हुन सकेन ।

नायिका संचिताले यो चलचित्रमा काम गर्ने पक्का भएपछि उनी र निर्देशक विकासराज आचार्यको सम्बन्ध सुध्रिएको अड्कल लगाउन सकिन्छ । विकासले निर्माण गरेको चलचित्र ‘नाई नभन्नु ल ३’मा काम गरेकी संचिता सो समयमा यसको निर्माणपक्षसँग रिसाएकी थिइन् । यसैले उनी चलचित्रको प्रचारमा समेत सहभागी भएकी थिइनन् । तर, अब उनी र विकासको पुरानो असमझदारी हटेको वुझिएको छ ।

Comments

Top