हनुमन्ते सफाई अभियानको ४६ औ हप्ता ,सवारी साधनबाट हुने फोहर पनि ब्यबस्थापन गरिने : सांसद बस्नेत

Hanu

भक्तपुर ।
हनुमन्ते सफाई अभियानको ४६ औ हप्ता तथा अरनिको राजमार्ग एक महिने सफाई अभियानको तेस्रो चरणको अन्र्तगतको सफाई अभियान आज अरनिको राजमार्गका बिभिन्न ७ स्थानबाट एकैसाथ सफाई कार्यक्रम गरेर सम्पन्न भएको छ । कार्यक्रम सम्बन्धीत वडाका जनप्रतिनिधिहरुको नेतृत्व एबम् हनुमन्ते सफाई अभियानका अभियन्ताहरुको अगुवाईमा भक्तपुरको राधे राधे देखि साँगा चोकसम्मको बिभिन्न स्थानमा सफाइ गरि सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको बिशेष संयोजनमा संचालन भईरहेको हनुमन्ते नदी सफाई अभियान र जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भइरहेको अरनिको राजमार्ग सफाई अभियानलाई सम्बोधन गर्दै सांसद बस्नेतले अरनिको राजमार्ग क्षेत्र लगायत हनुमन्ते नदी आसपासका क्षेत्रमा फोहर नगर्न आग्रह गरेका छन् । बस्नेतले सफाई अभियानलाई अझ परिणामुखी बनाउँनका लागि भक्तपुरका यातायात ब्यबसायीसँगको सहकार्यमा सबारी साधनबाट हुने फोहर ब्यबस्थापनका लागि कार्ययोजना बनाएर त्यसको प्रभाबकारि कार्यान्वयन गरि अघि बढिने बताए ।

सांसद बस्नेतले भक्तपुरका सडकमा गुड्ने सार्बजनिक एबम् निजि सबारी साधन भित्रबाट फोहोर फाल्ने काम निरुत्साहित गर्ने ,चालक-सहचालकहरुलाई पोशाकको ब्यबस्था गर्ने, पुराना सबारी साधनलाई ब्यबस्थित ढंगले मर्मत गर्ने, सबारी साधन मर्मत केन्द्रबाट उत्पादित फोहोरको उचित ब्यबस्थापन गर्ने यातायात ब्यबसायीसँग सहमति भएको जानकारी गराउँदै अब सबारी साधनबाट हुने फोहर पनि ब्यबस्थापन हुने बताए ।

HANU1
कार्यक्रममा सांसद बस्नेतले सुर्यबिनायक साँगा सडक खण्डको सर्भिस लेन खोल्नेकाम सम्पन्न भएको र त्यसको स्तर उन्नतिका लागि ग्राबेल गर्ने काम अघि बढ्ने बताए । उनले हनुमन्ते कोरिडोरको शिलान्याय गरिएको ठाउँको पहिलो चरणको काम लगभग सम्पन्न भएको जानकारी गराउँदै, द्रोस्रो चरण अन्र्तगत मध्यपुर अस्पतालबाट थिमी चारदोबाटो सम्मको काम पनि शुरु भइसकको बताए । सांसद बस्नेतले भने " भक्तपुरमा सफाई अभियानसँगै बिकाश एबम् सामाजिक कामहारुसँगै अघि बढेको छ । त्यसैले हामीले कल्पना गरे जस्तै भक्तपुर सफा र समिद्ध चाडैनै हुने छ ।" 

HANU2
अभियानका बिच सांसद बस्नेत एबम् सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेब थापा सहितको टोलिले  अरनिको राजमार्ग राधे राघे स्थित हनुमन्ते खोलामा र्निमाणधिन पुलको निरिक्षण गर्दै कामको प्रगतिका बारेका जानकारी लिएको थियो  ।

कार्यक्रममा राधेराधे चोकमा सुर्यबिनायम नगरपालिका वडा नं- ४ का वडाध्यक्ष उत्तम थापा एबम् वडा नं -१ का वडाध्यक्ष सानुकाजी कायस्त, सल्लाघारी चोकमा सूनपा- ५ का वडाध्यक्ष राजकुमार जोशी एबम् बडा नं -२ का वडाध्यक्ष कमलनाथ आचार्य, चुनदेवी चोकमा सूनपा वडा नं- ६ का वडाध्यक्ष रामेश्वर धोजु , सूर्यविनायक चोकमा सूनपा वडा नं- ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, आदर्शचोकमा सूनाप वडा नं- ३ का वडाध्यक्ष शिवशरण खत्री एबम् सूनपा वडा नं- ८ का वडाध्यक्ष किरण थापा, भातेढिकुरो चोकमा जिसस सदस्य श्रीराम बेन्जु एबम् गीता देउजा, नलिनचोकमा सूनपा वडा नं- ९ का वडाध्यक्ष उपेन्द्र केसी एबम् सूनपा - १० का वडाध्यक्ष शिवराम राउत, पलासे चोकमा संयोजक विनय महत लगाएतको सहभागिता रहेको थियो ।

सफाई अभियानमा सुर्यबिनायक नगरपालिका प्रमुख तथा हनुमन्ते नदी सफाई अभियानका संयोजक बसुदेव थापा, हनुमन्ते नदी सफाई अभियानका सह संयोजक एबम् सुर्यबिनायम नगरपालिका उपप्रमुख जुना बस्नेत, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद भट्ट हनुमन्ते सफाई अभियानका उत्प्रेरक रुद्र पौडेल युवा ब्यबसायी एबम् नेता रोमन सिलाकार, अनुगमन संयोजक मदन घिमिरे , पातञ्जल योग समिती नेपालका नबराज काफ्ले , लगायत नेपाली सेना नेपाल, प्रहरी सशस्त्र प्रहरी, वेभ ग्रप , नेप्सेम्यक ,नेपाल फुलबारी लगायत बिभिन्न संघसस्था र स्थानीयको उपस्थिति रहेको अभियानका उत्प्रेरक रुद्र पौडेल बताए ।

Comments

Top