नेपाल प्रहरी श्रीमती संघद्वारा मेरुदण्डीय पक्षघातलाई खाद्यान्न र लत्ताकपडा वितरण

latta

 काठमाडौं। नेपाल प्रहरी श्रीमती संघले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित मेरुदण्डीय पक्षघात समूह नेपाललाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ ।

  मेरुदण्डीय पक्षघात समूह नेपालमा आयोजित एक कार्यक्रमवीच नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष प्रमिला खनालले समूहका महासचिव केशब थापाको उपस्थितिमा विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गरेकी हुन ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी एवं मेरुदण्डीय पक्षघात समूह नेपालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

Comments

Top