नेपाल मजदुर किसान पार्टीलाई भक्तपुरमा आएको विकासमा अबरोध नगर्न सांसद बस्नेतको आग्रह

Bhaktapur Furniture 1

भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा आएका कुनै पनि विकास निर्माणका कार्य तथा योजनाहरु फेरी फर्कने अवस्था आएमा नेपाल मजदुर किसान पार्टीलाई जनताले माफ नगर्ने बताएका छन् । हामी स्वच्छ व्यवसायीक वातावरण विकासका लागि प्रतिबद्ध छौ भन्ने मुल नाराका साथ सम्पन्न भक्तपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको पाचौ वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेसनमा सम्बोधन गर्दै प्रमुख अतिथि सांसद बस्नेतको नेपालको काष्ठकला, मूर्तिकला, धातुकला, फर्निचरसँग विश्वमा कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताए ।


उनले नेपाल मजदुर किसान पार्टीलाई आगामी चार वर्ष विकासमा एकताबद्ध हुन आग्रह गर्दै त्यसपछि हुने चुनावमा राजनीतिक प्रतिपर्धामा आउन चुनौति दिदै हरियो वन नेपालको धन भनिए पनि जंगलमा काठ कुहिएर खेर गएको बताए । कार्यक्रममा सांसद बस्नेतले चीन र भारतमा मात्रै नभई विश्व मै नेपालको कला र सीपको प्रर्दशन एवं माग भईरहेको बताउँदै नेपालमा भने पछिल्लो पुस्तालाई सीप हस्तान्तरण गर्न चुनौती आईरहेको बताउएका थिए । सांसद बस्नेतले सीपको मापन र तालिम एवं आधुनिक प्रविधिको हस्तान्तरण आवश्यक रहेको औल्याउदै स्वदेशी बस्तुको उपयोगिता निर्देशिका लागू गर्न आवश्यक रहेको समेत औल्याएका थिए ।


कार्यक्रममा सांसद बस्नेतले बिकाश आजको अपरिहार्य आबश्यकता रहेको बताउदै नेपाल मजदुर किसान पार्टीलाई भक्तपुरमा आएको विकासको अबरोध नगर्न आग्रह गर्दै विकासमा एकताबद्ध भएर आउन अनुरोध गरेका छन् । भक्तपुरमा आएका अन्तर्राष्ट्रिय रंगशाला लगायत ठूला विकासका योजनाहरुको बिरोध गर्नु भन्दा , अबको चारवर्ष हामीसँग विकासमा एकताबद्ध हुन आउन र त्यसपछि चुनावमा राजनीतिक प्रतिस्पर्धा गर्ने बताउदै बस्नेतले विकासबाट भाग्दै गएको नेमकिपाको विरोध कै कारण ३ नं। प्रदेश राजधानी भक्तपुर घोषणा हुनबाट रोकिएको बताए । सांसद बस्नेतले भक्तपुरमा आउँन लागेका विकासका योजना फेरी फर्कने अबस्था आए नेमकिपालाई जनताले माफ नगर्ने बताए ।


सांसद बस्नेतले ८१ करोडको लागतमा हनुमन्ते करिडोर निर्माणको पहिलो चरणको कार्य थालनी भएको, मनोहरा पुल सूर्यविनायकसम्म अरनिको राजमार्गमा सयौं सौर्य बक्ति जडान गर्दै उज्यालो भक्तपुरको सपनालाई साकार पार्ने अभियान सुरु गरेको, हनुमन्ते नदी सरसफाइ अभियानले ४६ औ हप्ता र अरनिको राजमार्ग सफाई अभियान निरन्तर चलिरहेको, मध्यपुरथिमिको गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुनु लागेको, कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढेको, मनोहरा खोलामा ३ वटा तथा हनुमन्ते नदीमा ५ वटा पूल निर्माण तथा जिल्लामा विभिन्न ९ वटा पूल र ३ वटा झोलुङ्गे पुल, ४ वटा ट्रष्ट ब्रिज बनाउने कार्य अगाडि बढेको जानकारी गराउदै । जिल्लामा दीर्घकालिन खानेपानीको व्यवस्थापन गर्न साँगा र मुहान पोखरीमा ठूलो ड्याम निर्माण गर्ने सिंगो भक्तपुरलाई सफा र पर्यटकीय जिल्ला बनाउने आफनो योजना सुरु भएको बताए ।

Bhaktapur Furniture

राससकर्मी गिरीलाई युवा पत्रकारिता पुरस्कार प्रदान

कार्यक्रममा राष्ट्रिय समाचार समिति भक्तपुरका सम्वाददाता रमेश गिरीलाई रु ३० हजार नगद सहित यसवर्षको “युवा पत्रकारिता पुरस्कार–२०७५”बाट सम्मान गरिएको थियो । डेढ दशकदेखि भक्तपुरमा रहेर निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्वाददाता गिरीलाई खादा ओढाएर नगद सहितको सम्मान पत्र प्रदान गरिएको थियो ।

Comments

Top