सुन बेचेर आन्दाेलन गर्दै राष्ट्रपति

venejuilea

 

   काठमाडौं । शनिबार भेनेजुएलामा सरकार समर्थक र विरोधी दुवै पक्षले शनिबार प्रदर्शन भएका छन्। राष्ट्रपति निकोलस मादुरोको विरोधमा विपक्षीले गरेको प्रदर्शनमा हजारौंको सहभागिता रहेको थियो । राष्ट्रपति मादुरो भने पूर्व राष्ट्रपति हुगो चाभेजले सत्ता लिएको २० औं वार्षिकोत्सवका अवसरमा शनिबार राजधानी काराकासमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी मिडियाले आफ्नो पक्षमा भएको प्रदर्शनको भने समाचार नदिएको गुनासो गरेका थिए ।

उता विपक्षी नेता जुआन गुआइडोले हजारौंको प्रदर्शनलाई सम्बोधन गर्दै भेनेजुएलाका जनतालाई स्वतन्त्रता नमिले सम्म प्रदर्शन जारी रहने जनाएका छन् । यसैबीच, मादुरोलाई साथ दिदै आएका कतिपय सैनिक अधिकारीहरुले सामाजिक सञ्जालबाट सम्बोधन गर्दै अब तानाशाहलाई समर्थन गर्न नसकिने भन्दै अभिव्यक्ति दिएका छन् ।

त्यसैपनि अनेकथरी पीडामा रहेका जनतालाई दमन गरेर थप पीडा नदिने ती सैनिक अधिकारीहरुको वक्तव्यमा उल्लेख छ । उता मादुरो समर्थित सैनिक अधिकारीहरुले त्यस्तो अभिव्यक्ति दिनेलाई देशद्रोहमा कारवाही हुन सक्ने बताएका छन् ।

यसैबीच मादुरोलाई आर्थिक अभाव भएपछि केही टन सुन युनाइटेड अरब इमिरेट्सका विभिन्न कम्पनीलाई हालै बेचेको समाचार समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ । उनले सो सुन जहाजमा हालेर युएइ पुर्याएको बताइएको छ । उनले अझैपनि थप सुन बेच्ने तयारी गरिरहेको जनाइएको छ । एजेन्सी

Comments

Top