अस्ट्रेलियामा रहेका नेपालीको गणना शुरु

australia

   सिड्नी । अष्ट्रेलियास्थित नेपाली दूतावासले प्यासिफिक क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको गणना सुरू गरेको छ।राजदूतावासले अष्ट्रेलियालगायत न्युजिल्याण्ड, फिजी, पपुवान्यूगिनी, भानुआटु, सोलमन आइल्याण्ड, टुभालु र सामोआमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गरि सर्वेक्षण फाराम जारी गरिएको हो।

त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले अस्ट्रेलियास्थित नेपाली दूतावासको वेवसाइटमा गएर आफ्नो विवरण भर्नुपर्नेछ। हाललाई विद्यार्थी, विभिन्न पेशामा आवद्ध र पिआर पाइसकेका नेपाली नागरिकको विवरण संकलन गर्न लागिएको हो। केही समयपछि विदेशी नागरिकता लिइसकेका नेपालीको पनि विवरण संकलन गरिने दूतावासले जनाएको छ।

यसरी भरिएको विवरण पराराष्ट्र मन्त्रालयमा गोप्य तरिकाले सुरक्षित गरिने अस्ट्रेलियास्थित दूतावासले जनाएको छ। आफ्ना नागरिकको संख्या यकिन गर्न र समस्यामा दूतावासको भूमिका अगाडि बढाउन यो गणना सुरू गरिएको अष्ट्रेलियाका लागि कार्यबहाक राजदूत द्रूपदा सापकोटाले बताइन्।

Comments

Top