सर्बोच्चद्वारा एनसेल बिक्रीको लाभकर एक्जिएटा र एनसेलबाट असुल्न आदेश

ncell-satis

 काठमाडौं। सर्बोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर असुल गर्न एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न परमादेश दिएको हो। एनसेललाई टेलियाले १ अर्ब १२ करोड रुपैयाँमा किनेको विवरण पेस गरेको छ।

 पछि १ खर्ब ४४ अर्ब रुपैयाँमा टेलियाले मलेसियाली कम्पनी अजियटालाई बिक्री गरेको थियो। एनसेलले ठूला करदाता कार्यालयमा पेस गरेको विवरणअनुसार नै खरिद र बिक्री भएको फरक बराबरको रकम लाभ भएको मानी ८० प्रतिशत कारोबारको लाभकर रकम ७३ अर्ब पुगिसकेको छ । यो फैसलालाई एतिहासिक मानिएको छ।

 

Comments

Top