राजदूतहरुको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो : प्रचण्ड

prachanda

 चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संगठनका एकता प्रक्रिया चाडै नै टुङ्ग्याइने उल्लेख गरेका छन् ।
भरतपुरमा अध्यक्ष प्रचण्डले सञ्चाकर्मीहरुसँग कुरा गर्दै उक्त कुरा उल्लेख गरेका हुन । उनले भने, ‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन् । विकास निर्माणका काममा गति पक्रिन थालेको छ ।’
अध्यक्षले प्रचण्डले भेनेजुयलाको बारेमा पार्टी सचिवालय बैठक बसेर हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी भएकाले अब अरु कुराले केही अर्थ नराख्ने पनि बताए ।

 प्रचण्डले भने -‘नेपालमा शान्ति प्रक्रियाको बाँकी कामलाई अगाडि बढाउन कुनै समस्या नै छैन । सबै राजनीतिक दलहरुबीचमा सहमति नै छ । नेपालको शान्ति प्रक्रियाको बारेमा विभिन्न राजदूतहरुको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति भएको प्रचण्डले बताए ।

Comments

Top