रियल दोस्रो स्थानमा

real

  काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–१ गोलअन्तरले पराजित गर्दै रियल दोस्रो स्थानमा उक्लिन सफल भएको हो । रियल मड्रिडको जितमा कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले गोल गरे । यता, एट्लेटिको मड्रिडका लागि एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए ।


खेलको १६ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा घरेलु ग्रीजम्यानले गोल गरेपछि एट्लेटिको मड्रिडले खेल १–१ गोलको बराबरीमा ल्याएको थियो । तर खेलको ४३ औं मिनेटमा रामोसले पेनाल्टीबाट गोल गर्दै रिय मड्रिडलाई २–१ गोलको अग्रता दिलाए ।

बेलले ७४ औं मिनेटमा गोल गरेपछि रियल मड्रिडले खेल ३–१ गोलअन्तरले जित हात पारेको हो । जितपछि रियल मड्रिडले २३ खेलबाट ४५ अंक बनाएको छ । पराजित एट्लेटिको मड्रिडको समान खेलबाट ४४ अंक छ । लिगको शिर्ष स्थानमा भने बार्सिलोना छ ।

Comments

Top