एकाएक किन ओलीमाथि खनिए नेपाल ?

madhav

   हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले संगठनको एकीकरण प्रक्रिया ढिला हुँदा काममा समस्या भएको भन्दै संगठनलाई चुस्त दुरुस्त बनाउन पनि एकीकरण प्रक्रिया टुंगो लगाउनुपर्ने बताएका छन् । आइतबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गोजीबाट निकालेको ब्यक्तिलाई नेतृत्व दिन भने नसकिने स्पष्ट पारे । उनले भने–‘आजको आवश्यकता एकीकरण भए पनि संगठन निर्माणको नाउँमा गोजीबाट निकालेको ब्यक्तिलाई नेतृत्व दिन सकिदैन ।’

सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै उनले काम गर्न खोजे पनि सरकार कतै लरबरिएको जस्तो देखिएको दावी गरे । सरकारको कमजोरी औल्याउँदै त्यसको सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुने पनि नेता नेपालले बताए ।

Comments

Top