भेनेजुएला प्रकरण : प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

prachanda

 काठमाडौं । भेनेजुएला प्रकरणले अमेरिकासँग सम्बन्ध चिसिएको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ ।

 उनीहरुबीच शनिबार ‘वान टु वान’ भेटवार्ता भएको बुझिएको छ । भेटमा प्रचण्डले आफूले कुन आशयमा विज्ञप्ती जारी गरेको भन्ने विषयमा जानकारी गराएका थिए । अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो समेत दिइसकेको वताईएको छ।

 भेनेजुएलामा जारी राजनीतिक संकटमा विषयमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वीटजरल्याण्डको डाओसमा भएको बेला विज्ञप्ति जारी गरेका थिए । उनको विज्ञप्तिका विषयमा अमेरिकाले चासो राख्दै सरकारको धारणा मागेको थियो ।

 त्यसपछि परराष्ट्र मन्त्रालयले प्रचण्डकै आशयमा नरम भाषा प्रयोग गर्दै विज्ञप्ति जारी गरेको थियो । नेकपाको सचिवालयले पनि भेनेजुएलामा बाह्य हस्तक्षेप गर्न नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

Comments

Top