‘सम्हालिन्छ कहिले मन’: लण्डनमा छायांकन सुरु

movie - skm (1)

   काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा आधारित, सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को बेलायतको राजधानी लण्डनमा छायांकन सुरु भएको छ । केही दिन अगाडि कलाकार र निर्माण टिम फिल्म छायांकनका लागि लण्डन पुगेको थियो । लण्डनमै करिब ५० दिनको फिल्मको छायांकन चल्नेछ । 


छायांकन आरम्भ गर्नुभन्दा अगाडि फिल्मका कलाकार र टिमले क्यामेरा पुजा गरेका थिए । पुजापश्चात् नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका छन् । फिल्ममा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

movie - skm (4)

निर्देशक थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा फिल्मको छायांकन हुने बताए । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ । अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् ।

Comments

Top