संसदीय प्रणालीमा जित्नेले सरकार सञ्चालन गर्छ : प्रधानमन्त्री ओली

pmolin_2

 काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजमा झूट, भ्रम र जनता अलमल्याउने कुरा भइरहेको र  ती जनताको तहबाट नआएको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले भने - 'यस्ता हल्लाहरूको प्रभाव निर्णायक तह (जनता) मा पथ्र्यो भने न अस्तिको निर्वाचनमा त्यस्तो परिणाम आउँथ्यो, न म नै यहाँ हुन्थें । त्यसैले यो समाजको नभई ‘केही’ को हल्ला हो । मेरो कुरा नपत्याउने हो भने पनि ठीकै छ, फेरि चुनाव आइहाल्छ, रोक्न सके भयो नि त ।

 वास्तवमा जनताले कुरा बुझेका छन् । उनीहरूले बुझेका छन्, यत्रो वर्ष गरीब रहेको देश यही सरकारले एक वर्षमा बनाएको होइन ।

 बरु, एक वर्षमा गरीबी निवारणतर्फ, रोजगारीको अवसर सृजना गर्ने सन्दर्भमा, युवालाई अगाडि बढाउने सन्दर्भमा, शिक्षा, स्वास्थ्यको क्षेत्रमा, सामाजिक न्याय र समानताको क्षेत्रमा के कति काम भएको छ जनताले स्पष्ट देखेका छन् ।
मैले अघिल्लो कार्यकालमा नै झोलुङ्गे पुल मार्फत तुइन विस्थापनको काम थालें । सरकार ढलेसँगै त्यो रोकियो । तर, अब तुइनको समस्या छैन । तुइनबारे फिल्म खिच्नेहरूले छिटै खिचे हुन्छ । किनभने, तुइन इतिहास बन्नेछ । म प्रष्ट भन्छु– हामी देश बदल्छौं । परिस्थिति बदल्छौं । हामी जनचाहना अनुकूलको समाज बनाउँछौं । तीव्र गतिले । '

 विरोधको यो स्वर राजनीतिक रुपमा विपक्षीहरूको मात्र होइन ? भन्ने अर्को प्रश्नको उत्तर दिंदै उनले भने - ' विपक्षीहरूको त हो नै । वास्तवमा यो ‘आइडियोलोजिकल बायसनेस’ पनि हो । ‘आइडियोलोजिकल प्रेजुडिसेस ।’ मैले डावोसमा त्यतिकै भनेको होइन । हिजो भएका कुकामका लागि आजको सरकारको आलोचना रु यस्तो पनि हुन्छ रु बरु हामी हिजोका गल्ती सच्याउँदैछौं । अहिलेसम्मका शासकहरूले देशलाई गरीब बनाए । गरीबीको त्यही तस्वीर खिचेर सरकारलाई ‘अनपपुलर’ बनाउने काम भइरहेको छ । '

  
कार्यकालको एक वर्षको उपलब्धि र कार्यसम्पादनबारे प्रधानमन्त्री ओली यसो भन्छन- 'पहिलो त विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधान कार्यान्वयन गर्न हामी लाग्यौं । यही नयाँ प्रणालीभित्रै संविधानसँग असहमत र अस्वीकार गर्नेहरूलाई समेत सँगै लिएर हिंडन सकिएको छ ।

 हामीकहाँ हिजोको जस्तो संसदीय ‘वेस्टमिन्स्टर’ भन्दा थप विशेषता सहितको सर्वथा नयाँ प्रणाली छ । हाम्रो अहिलेको प्रणाली भित्र संघीयता, तीन तहका सरकार र शक्तिपृथकीकरण मात्रै होइन– सहभागिता र समावेशिता पनि अटाएको छ । हाम्रो जस्तो बहुजातीय र विविधतायुक्त मुलुकले अपनाएको नयाँ प्रणालीभित्र वेस्टमिन्स्टरको जस्तै संसदीय प्रणाली पनि छ, ‘बाइक्यामेरल’ (दुई सदनात्मक) व्यवस्था पनि छ । संसदीय प्रणालीमा जित्नेले सरकार सञ्चालन गर्छ ।

 जबकि यहाँ समानुपातिक प्रणाली पनि छ, संसदीय प्रणाली भनेको समानुपातिक प्रणाली होइन ।

यस्तो परिस्थितिमा नयाँ संविधानले ल्याएका संरचनागत प्रणालीगत परिवर्तनलाई संस्थागत गर्नुपर्‍यो । एक वर्षभित्र यति सहजै संरचनागत सञ्चालन, त्यसको कारुणिक र व्यावहारिक पक्ष, पूर्वाधार, भौतिक संरचना तयार गर्नुपर्‍यो । शक्तिको बाँडफाँड, काम र जिम्मेवारीको व्यवस्थापन, कार्यान्वयनका लागि अध्ययन र कानून बनाउन गृहकार्य गर्नुपर्‍यो ।

स्थानीय तहसम्म ‘पावर डिभोलुसन (शक्ति हस्तान्तरण)’ भएको छ । तर त्यसको अभ्यास कसरी गर्ने रु यो सजिलो कुरा होइन । पहिले एउटा मात्रै सरकार थियो, अहिले ७५३ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार छ । ७६१ वटा विभिन्न तहका सरकार तालमेलयुक्त ढङ्गले सञ्चालन हुनु सजिलो कुरा होइन । तर हामीले सहज व्यवस्था गर्‍यौं । '

हिमाल खवरपत्रिकाबाट संपादित 

Comments

Top