कश्मिरमा फेरि भीडन्त, एक सर्वसाधरणसहति पाँच सैनीकको मृत्यु

kasmir

   काठमाडौं । भारतशासित जम्मु कश्मिरमा भारतीय सुरक्षा फौज र पृथकतावादी समूहबीच भीडन्त भएको छ। भारतीय सञ्चारमाध्यमले पुलआमामा जैस ए मोहम्मद समूहविरूद्धको एकीकृत सैन्य अभ्यासका क्रममा भएको भीडन्तमा एक अधिकृतसहित ४ सुरक्षाकर्मी मारिएको जनाएका छन्। गोली हानाहानमा परी एक सर्वसाधारण नागरिकको पनि ज्यान गएको छ।

घटनामा दुई भारतीय सुरक्षाकर्मी घाइते भएका छन्। यसअघि बिहीबार साँझ पुलआमामा सिआरपिएफको गाडीमाथि आत्मघाती आक्रमण हुँदा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। उक्त आक्रमणपछि भारतीय सेना, प्रहरी र सिआरपिएको संयुक्त टोलीले आइतबार साँझदेखि सर्च अपरेसन सुरू गरेको थियो।

Comments

Top