पंगु बन्यो गुप्तचर निकाय, झन भद्रगोल

guptachar

 काठमाडौं । ठूलै हल्लीखल्लीका साथ गृहबाट प्रधानमन्त्री कार्यालयतिर सारिएको राष्ट्रिय अनुसन्धान विभागमा झनै भद्रगोल देखिएको छ । तीनजना अतिरिक्त प्रमुख(एआइजी) को दरबन्दी थियो । त्यसमध्ये गणेश अधिकारी गत महिना प्रमुखमा नियुक्त भए । उनले सम्हालेको प्रशासनमा यदु खरेल पुगे । यादव रेग्मी थिए, सातै प्रदेशको सूचना संकलन गर्ने विभागमा ।

एआइजीको तीन दरबन्दी काटिएर एउटा कायम भएपछि अब यादवको हैसियत के हुन्छ रु दरबन्दी नभएको नाममा उनलाई जागिर बाँकी हुँदैमा बिदा गर्ने कि रु राअवि ऐनबाट अवकाशको प्रावधानमा ३० वर्षे सेवाहद हटेर ५८ वर्षे उमेरहद कायम भइसकेको छ । एआइजीको पदावधि चार वर्ष पनि तोकिएको छ । कि त, सशस्त्रमा जस्तै गर्नुप¥यो । शेरबहादुर देउवाको पालामा विशेष दरबन्दी खडा गरेर एआइजी बनाइएकाहरुको जागिर बाँकी हुञ्जेल रहने र त्यसपछि कोही पनि त्यो पदमा नहुने भनेजस्तो ।
पहुँचवालाले चाहिँ त्यहाँ आफ्नो पहुँच राम्रैसँग देखाइदिएका छन् ।

बूढेशकालमा कम्ब्याट लगाएर कुङफु, कराँतेसहितको तीन महिने आवासीय तालिममा छनौट भएकाहरुले प्रहरी र एकेडेमी छिर्नु नपर्ने गरी आफ्नो नाम काट्न लगाएर पहुँच देखाएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी ठाकुर केसीले मुटुको व्यथा र उच्च रक्तचापको समस्या भन्दै, काठमाडौं एयरपोर्टमा रहेका शरद्बन्धु डिसीले ढाड र मुटुको व्यथा देखाउँदै, राजश्व तथा स्वदेशी भेरिफिकेशन हेर्ने एसपी उर्मिला ढुंगाना र संकलनतर्फका एसएसपी ओम पराजुलीले किरियापुत्रीमा बसेको कारण नाम कटाएका हुन् ।

बढुवामा चित्त नबुझाएका सम्पादनको काम हेर्ने एसपी गोपालध्वज कार्कीको राजीनामा भने स्वीकृत भइसकेको छैन, भनसुन गर्न नसकेका वैकल्पिक सोझासीधाचाहिँ अहिले महाराजगञ्जस्थित पुलिस तालिमकेन्द्रमा परेड खेलिरहेका छन् । (जनआस्था )

Comments

Top