एआईबीटी ठगी प्रकरण: मन्त्रालयलाई चुनौती दिंदै परामर्श संघहरुद्वारा पत्रकार सम्मेलन

aibtthagi

 काठमाडौं । अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी( एआइबिटी) कलेज खारेजी भएसँगै १२ सय नेपाली विद्यार्थीको विचल्ली भएपछि शिक्षा मन्त्रालयले छानविन समिति गठन गरी अनुसन्धान थालेको छ।

 सहसचिव देवकुमारी गुरागाईंको समितिले एआईबिटीमा पठाएका बिद्यार्थीहरुको सुची माग्ने देखी कन्सल्टेन्सीहरुबाट कागजात झिकाउने,भिसा पेपर र बिद्यार्थीहरुका शैक्षिक प्रमाणपत्र समेत संकलन गरेपछि कन्सल्टेन्सी संचालकहरुले आत्तिएर पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

 एकातिर अस्ट्रेलियामा बिद्यार्थीहरुलाई अलपत्र बनाउने र अर्कोतिर मन्त्रालयले छानविन गरिरहेको बेला छानविन प्रकृयालाई नै प्रभावमा पार्ने गरी पत्रकार सम्मेलन गर्न लागेपछि मन्त्रालयले पनि थप कडाई गर्न लागेको समितिका एक सदस्यले वताए।

 समिति स्रोतका अनुसार कतिपय कन्सल्टेन्सीहरुले नक्कली शैक्षिक प्रमाणपत्र र फेक डकुमेन्ट बनाएर बिद्यार्थीलाई एआईबिटी कलेजमा पठाएको समेत भेटिएको छ ।

 तर, विद्यार्थीलाई उचित व्यवस्थापन गर्नमा समेत अड्चन भईरहेको बहानामा शैक्षिक परामर्श संगठनले संयुक्त रुपमा बुधबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।

 इक्यान, आईरिन र फेकनको आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरिएको छ।

 अष्ट्रेलियन सरकारले एआइबिटि कलेज खारेजी गरेसँगै नेपाली विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्ने गिरोहको पर्दाफास भएको थियो। नेपाल स्थित १४८ जना एजेन्टहरुले अष्ट्रेलियामा डिप्लोमा अफ नर्सिङ संकायका लागि दर्ता नै नभएको एआइबिटि कलेजमा नेपाली विद्यार्थीहरुलाई पठाउने धन्दा चलाउँदै आएका थिए ।

 एआइबिटी कलेजको एजेन्टको रुपमा शैक्षिक परामर्श संघका नेतृत्वतहमा रहेका व्यक्तिहरुले नै कार्य गर्दै आएको खुलाशा भएको छ ।

Comments

Top