मन्त्री अधिकारीसहित ७ जनाको शव शिक्षण अस्पतालमा

suketar-airport-helicopter3

 काठमाडौं। हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ ।

 बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट ती शवहरुलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थनसम्म सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ल्याइएको थियो ।

 लगत्तै, शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको हो । ती शवहरुमध्ये पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै सनाखत भएको छ । अन्यको पहिचानका लागि डीएनए परीक्षण हुन सक्ने सम्भावना छ ।
पोस्टमार्टमका लागि मन्त्री अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने वताइएको छ।

Comments

Top