दार्चुलामा जिप दुर्घटना, ८ को मृत्‍यु

Darchula-Map-999

 काठमाडौं ।  दार्चुला सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको जीप महाकाली नदीमा दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको छ । दार्चुला सदरमुकामबाट दुउको लागि हिँडेको म१ज २८० नम्बरको जीप तिंकर सडक अन्तर्गत राताकाठा भिरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट २ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ । उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घाइते चालक दिपक धामीलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । उद्धारको लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी टोली घटनास्थलमा रहेको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

Comments

Top