क्याम्पस हिडेकी एक युवती फेवातालमा मृत फेला

fewa lake

   पोखरा । नर्सिङ पढ्दै गरेकी १९ वर्षिया एक युवतीको पोखराको फेवातालमा शव भेटिएको छ । नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज विहानै क्याम्पस जानको लागि घरबाट हिडेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गौरीघाटमा स्कुटर राखेर अधिकारी फेवातालतिर लागेको देखिन्छ । गौरीघाटमा स्कुटर भेटिनु र उक्त स्कुटरको चावी अधिकारीको साथमा हुनुले पनि उक्त कुराको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले बताए ।


पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको हो । एसपी रानाका अनुसार कास्कीको अन्नपुर्ण गाँउपालिका २ स्थित ढिकुरपोखरीकी दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा प्रहरीले शव भेटेको हो ।

फेवाताल किनारा देखि करिब ५ मिटर नजिक तालमै तैरिएको अबस्थामा उनको शव भेटिएको एसपी रानाले बताए । उनको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमको शव गृहमा पोष्माटमको लागि राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी रानाले बताए ।

Comments

Top