भारत पुर्याएर किशोरीलाई बिक्री गर्न खोज्ने ३ जना प्रहरी फन्दामा

bikri

 रसुवा । नेपाली किशोरीलाई  ललाईफकाइ भारत पुर्याएर बिक्री गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 रसुवा यार्चा गाउँपालिका १ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका १२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका ५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

 उनीहरुलाई रसुवा यार्चा गाउँपालिका ५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले  बर्दिया बढैयाताल गाउँपालिका ८ कर्णालीपुलबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

Top