अधिकारीको राजकीय सम्मानकासाथ अन्त्यष्टि

bharatmohan adhikari

   काठमाडौं । सरकारले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानका साथ सलामी दिएर अन्त्यष्टि गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

८२ वर्षीय पूर्वमन्त्री अधिकारीको काठमाडौंस्थित ह्याम्स अस्पतालमा शनिवार राती ९ बजेर ३५ मिनेटमा उनको निधन भएको थियो। अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आज बिहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको छ।

त्यसपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आजै हुने छ। पार्टी कार्यालयबाट शवयात्रासहित पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए । कम्युनिस्ट नेतासमेत रहेका अधिकारीले अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।

Comments

Top