काण्डै काण्डमा फस्दै महाराजगन्जका डिएसपी , एसएसपीले लिए स्पष्टिकरण

newsn

 काठमाडौं । महानगरिय प्रहरी बृत्त महाराजगञ्जमा २३ लाख घुस काण्ड सेलाउन नपाउँदै सोही क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि बृत्त प्रमुख डिएसपी फणिन्द्र प्रसाईको कमाण्ड असफल बन्दै गएको छ ।

 प्रसाईका विश्वासपात्र इन्सपेक्टर दिनेश भण्डारीमाथि ज्यान मार्ने उद्योगका अभियुक्तको मुद्दा कमजोर बनाउने नाममा २३ लाख घुस असुलेको अभियोगमा महानगरिय प्रहरी कार्यालय रानीपोखरीले छानविन समिति नै बनाएर अनुसन्धान गरिरहेको छ । भण्डारीलाई रानीपोखरीमा तानेर एसएसपी श्याम ज्ञवालीको समितिले बयान लिइरहेको छ ।

 यो प्रकरणमा भण्डारीको बयानका आधारमा डिएसपी प्रसाई पनि तानिने अवस्था देखिएको छ ।

 राजधानीको महाराजगञ्ज क्षेत्रमा एक साताभित्रै तीन स्थानमा चोरी बढेपछि महाराजगञ्ज बृत्तका प्रमुखलाई महानगरिय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले आज दिउसो बोलाएर स्पष्टिकरण लिएका छन् । महाराजगञ्ज बृत्तका प्रमुख डिएसपी प्रसाईको कमजोर कमाण्ड क्षमताका कारण चोरी डकैती बढेकोप्रति एसएसपी लामाले सोधपुछ गरेका हुन् ।

 फागुन १५ गते दिउसो टोखा नगरपालिका ६ धापासीस्थित देवराज थापाको घरमा चोरी हुँदा ४ लाख ८६ हजारको गरगहना, २१ गते दिउसो धुम्बाराहीमा दिपक श्रेष्ठको घरमा रहेको कृष्ण चौलागाईको हार्डवेयर पसल चोरी गरी ५ लाख बराबरको सामान र नगद तथा २२ गते बासबारी पिपलबोट स्थित गोविन्द मगरको घरमा बस्ने सम्झना थापाको कोठामा एक लाख १ हजार बराबरको सुनाका गहना र अन्य सामान चोरी हुँदा पनि महाराजगञ्ज प्रहरीले अहिलेसम्म चोरको सुराक पाउन सकेको छैन ।

Comments

Top