सिके राउतसँग जनमत संग्रहको सहमति नभएको सरकारको स्पष्टीकरण

badal

    काठमाडौं । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ । शुक्रबार भएको ११ बुँदे सहमतिलाई सिके राउत स्वयंमले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदहरुले अजको संसद बैठकमा प्रश्न उठाएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्टीकरण दिएका हुन् ।

पछिल्लो समय सिके राउत समूहका गतिविधिले चुनौती थपिएको भन्दै गृहमन्त्री थापाले भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक सहमति गरिएको बताए ।

गृहमन्त्री थापाले भने–‘तराई मधेसलाई नेपालबाट अलग गर्नुपर्ने मागलाई जनमत संग्रहमा लैजाने सहमति गरिएको होइन । यदि उहाँले जनमत संग्रह नै हो भन्नुभयो भने सहमतिविरुद्ध हुन्छ । पुरानो ठाउँमा जान्छ ।’

गृहमन्त्री थापाले सिके समूहले नेपाललाई विखण्डन गर्ने वा स्वतन्त्र मधेस देश स्थापना गर्ने लक्ष्य परित्याग गरेको पनि दावी गरे । उनले भने–‘सरकारले स्पष्ट धारण छ, आत्मासमर्पण गरिएको छैन । भौगोलिक अखण्डताको रक्षा गरेको छ, स्वाधिनता, सार्वभौमसत्तालाई सुदृढ गरेको छ ।’

Comments

Top