गृहमन्त्रीले भने - सिके राउतको प्रर्दशन अन्तिम खुसियाली हो, जनमत संग्रहको कुरा गलत

badal

 भैरहवा । गृहमन्त्री रामबहादुर थापाले देशलाई विखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार सफल भएको दाबी गरेका छन् ।

 सिके राउतसँग भएको सहमति पछि जनमत संग्रहको कुरा उठिरहेका बेला गृहमन्त्री थापाले संविधानमा व्यवस्था नै नभएको जनमत संग्रह सरकारले गर्नै नसक्ने वताए ।

 भैरहवामा प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सिके राउतको स्वागत गर्न उनका सर्मथकले जनकपुरमा निकालेको बृहत प्रर्दशनलाई अन्तिम बिदाईको रुपमा खुसियालीको संज्ञा दिए। उनले सरकारले विखण्डनकारी शक्तिसँग सम्झौता गरेको र स्वतन्त्र मधेश गठबन्धनले आत्मसमर्पण गरेको भन्ने बाहिरी हल्ला निराधार भएको दावी ।

  गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपातर्फ इंगित गर्दै उनले संविधानविरोधी, राज्य विरोधी तत्वबाट शान्ति सुरक्षामा चुनौति देखिएपनि सरकारले आधारभूतरुपमा नियन्त्रण गरिसकेको दावी गरे।

Comments

Top