‘जाइरा’ को प्रदर्शन मिति तय, नम्रता मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा

namrata

  काठमाडौं । गएको मंसिर १४ मा फिल्म आउने तय भएको भनिएको फिल्म ‘जाइरा’ले अब नयाँ प्रदर्शन मिति तय गरेको छ । नायिका नम्रता श्रेष्ठलाई मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा देखाइएको यो चलचित्र श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर अर्को वर्षको भदौ ६ गतेबाट देशभर प्रदर्शन हुने निश्चित भएको छ । एक महिलाले लिएको प्रतिशोधको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ, नायक अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

गएको मंसिरमा रिलिज भएको फिल्म 'प्रसाद' बाट वाहवाही बटुलेकी अभिनेत्री नम्रता एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो फिल्ममा अनुप बिक्रम शाही सँगै देखिने छन् । प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ सहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि प्रमुख अभिनय रहेको छ ।

नव-अभिनेत्री रेग्मी पनि फिल्ममा खेलाडीको रुपमा रहेकी छिन् । भने, नव-अभिनेता मगर, नम्रताको कोचको भूमिकामा छन् । नम्रताले यस फिल्मका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन् । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् ।

नम्रताले यो चलचित्रका लागि कपाल समेत काटेकी थिइन् । साथै, उनले आफ्नो तौल ५१ केजीबाट घटाएर ४३ केजी पुर्याएकी थिइन् ।

 

Comments

Top