विप्लव समूहलाई आपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने सरकारको निर्णय

biplav

 काठमाडौं। सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय  गरेको छ।

 मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहले विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने, चन्दा आतंकसहित आपराधिक क्रियाकलाप गरेकोले अब सो समूहलाई कुनै पनि गतिविधि गर्न नदिने निर्णय गरेको वताइएको छ।

 विप्लव समूहलाई राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको बुझिएको छ । दुई तिहाईको कम्युनिस्ट सरकार गठन भएको एक वर्षे अवधिमा विप्लवका कार्यकर्ताहरूले दर्जन बढी बम विष्फोटलगायत हिंसाका घटनाहरू गराएर आतंक सिर्जना गरेका छन् ।

 फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा गराइएको बम बिस्फोट र बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा विप्लव समुहले विष्फोट गराएपछि सरकारले कठोर निर्णय गरेको हो। 

Comments

Top